काठमाडौं । शुक्रबार देशभरिकै मौसम बदली भइ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।
अहिले पश्चिममा पानी पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले अब बिस्तारै काठमाडौं उपत्यकासहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।
यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ । आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।
आज देशभरिकै मौसम बदली भए पनि पश्चिमी वायु शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजको भन्दा शनिबार मौसम केही खुले पनि पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्नेछ ।
हेर्नुहोस् मौसम विवरण
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मितिः २०७६-०९-१८, बिहान ६:०० बजे)
मौसम विश्लेषण) Meteorological Analysis):-
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव देखिएको छ।
मौसमको अवस्था )Present Weather Status):
हाल देशभर सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १८ गते (शुक्रबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो :देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):–
मौसम बदली संगै वर्षा/हिमपातको संभावना रहेको र चिसो रही रहने हुनाले सतर्कता अपनाउन अनुरोध छ ।