उपत्यकासहित पहाडी क्षेत्रमा हल्का वर्षा(मौसम पूर्वानुमानसहित)

668
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका केही ठाउँमा शुक्रबार हल्का वर्षा भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  शुक्रबार दिनभर उपत्यका र पहाडी भेगमा मौसम बदली भइ पानी पर्ने जनाइएको छ ।


महाशाखाका अनुसार उच्च पहाडी र हिमाली भेगमा हिउँ पर्ने सम्भावना छ । पश्चिमी वायुको निम्न चापीय प्रणालीको प्रभावले मौसम बदली भएको महाशाखाले जनाएको छ ।

पश्चिमी उच्च पहाडी र हिमाली भेगमा भने आज पनि धेरै हिउँ पर्ने र मध्य तथा पूर्वका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम खालको हिमपात हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी भेगमा हावाहुरी पनि आउने सम्भावना छ ।

यसैबीच मौसम बद्ली भएर देशका विभिन्न ठाउँमा पानी पर्ने र हिमपात भए पनि न्यूनतम तापक्रम भने खासै घटेको छैन । केही ठाउँको न्यूनतम तापक्रम झनै बढेको छ ।

बिहीबार बिहान ७ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डौको न्यूनतम तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

बिहीबार सबैभन्दा कम जोमसोमको तापक्रम २ डिग्रि सेल्सियस मापन गरिएको थियो भने जिरीको ६ दशमलव ८ डिग्री सेल्सियस, ताप्लेजुङको ६ डिग्री सेल्सियस, दाङको १० डिग्री सेल्सियस, जुम्लाको ३ दशमलव ९ डिग्री सेल्सीयस, डडेलधुराको ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

राति बादल लागेकाले जमिनको तातो हावा बाहिर नगएकाले न्यूनतम तापक्रम बढेको महाशाखाले जनाएको छ ।

हेर्नुहोस् तीन दिनको मौसम विवरण

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा western disturbance (पश्चिमी निम्न चापीय प्रणाली) को प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भू-भागमा सामान्य देखि पूर्ण बदली साथै मध्य तथा पुर्वी भू-भागमा सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसीर २७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।

राती: देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ । पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात हुने संभावना रहेको छ।

 मंसीर २८ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

 मंसीर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली र  मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागमा भारि हिमपात साथै मध्य तथा पूर्वी उच्च पहाडी सहित हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात  हुने संभावना रहेकाले विशेष गरी पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागका स्थानहरुमा सतर्कता अपनाउनु हुन अनुरोध गरिन्छ।


  •  
  •  
  •