देशभर न्यूनतम तापक्रम घट्दो

471
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बिहीबार बिहान ५.५ डिग्री सेल्सियस मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखका अनुसार देशभर न्यूनतम तापक्रम घटिरहेको छ ।

बुधबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको थियो ।

बिहीबार देशका पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । पश्चिमी क्षेत्रमा विकास भएको कमजोर पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना देखिएको महाशाखाले जनाएको छ ।

यस्तै, महाशाखाले बिहीबार जारी गरेको मौसमी बुलेटिन अनुसार शुक्रबार र शनिबार पनि देशको पश्चिमी, मध्य र पूर्वी पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने छ ।

मौसम विश्लेषणMeteorological Analysis):-

हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय छैन।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान


मंसीर १९ गते (बिहिबार)
दिउँसो: देशको पश्चिमी भू-भाग तथा मध्य र  पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

राती: देशको पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

मंसीर २० गते (शुक्रबार)
दिउँसो: देशको मध्य र पूर्वी भू-भाग तथा  पश्चिमी पहाडी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

राती: देशको मध्य र पूर्वी भूभागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा मौसम सामान्य सफा  रहनेछ ।

मंसीर २१  गते (शनिबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही बाँकी भूभागमा आंशिक बदलि रहनेछ ।

राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

छैन।


  •  
  •  
  •