नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव

796
  •  
  •  
  •  

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको साथै ‘माह’नामको चक्रवातको आंशिक प्रभाव रहेको मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पुर्वको पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

हेर्नुहोस् मौसम विवरण

मौसम विश्लेषणMeteorological Analysis):

हाल नेपालमा पश्चिमी वायुको साथै “Maha” नामको चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिम र मध्य क्षेत्र लगायत पुर्वको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने अन्य भु-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

कार्तिक २१ गते (बिहिबार)

दिउँसो: देशको पश्चिम र मध्य भु-भाग लगायत पूर्वी पहाडी भुभागमा आंशिक देखि सामान्य  बदलि   रही बाँकी भु-भागमा आंशिक बदलि रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागका  एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पश्चिम भु-भागमा आंशिक देखि सामान्य  बदलि रही मध्य र पूर्वी पहाडी भुभागमा आंशिक बदलि र बाँकी भु-भागमा सामान्यतया सफा रहने छ। देशका पश्चिमी भूभाग साथै पूर्वी र मध्य पहाडि भु-भागमा एक दुइ स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमालि  भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

कार्तिक २२ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि पुर्वी तराइका भु-भागमा आंशिक बदलि रहने छ र बाँकि भु-भागमा सामान्यतया सफा रहने देखिन्छ। देशका पहाडि भु-भागको एक दुइ स्थानमा हल्का वर्षा र हिमालि भु-भागमा हिमपातको सम्भावना रहेको छ ।

राती: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

 कार्तिक २३ गते (शनिबार)

दिउँसो: देशको पुर्वी भु-भाग लगाएत मध्य र पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

राती: देशको पुर्वी र मध्य भु-भाग लगाएत पश्चिमका पहाडी भुभागमा आंशिक बदलि रही बाँकी भु-भागमा सामान्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि एक दुइ स्थानमा हल्का बर्षा साथै उच्च पहाडी र हिमालि  भूभागमा हिमपातको संभावना रहेकोले सामान्य सतर्कता अपनाउनुहोला।


  •  
  •  
  •