आज पनि केही ठाउँमा पानी पर्ने, मौसममा भोलिदेखि सुधार

128
  •  
  •  
  •  

काठमाडौं ७ माघ (ओएनएस) : हिमपात भएसँगै चिसो पनि बढेको छ । हिमाली र पाहाडी जिल्लामा जनजीवन प्रभावित भएको छ । त्यो प्रभाव दुईदिन रहने भएको छ । उच्च वायुमण्डलमा न्यून चापीय रेखा विकास भएका कारण अस्तिदेखि बदलिएको मौसमी अवस्थामा अब विस्तारै सुधार आउने भएको छ । न्यून चापीय रेखाको विकाससँगै पश्चिमी वायुको प्रभावले नेपालको पश्चिमी भू–भाग हुँदै सबैतिर फैलिएका कारण मौसम बदलीको साथै देशभर वर्षासमेत भए पनि आज बेलुका अथवा भोलिदेखि मौसम सफा हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिलेको मौसमी अवस्था पश्चिमी भेगबाट क्रमशः सफा हुँदै मध्यतिर जाने र भोलिदेखि सफा हुने मौसमविद्हरुले बताएका छन् । अस्ति रातीदेखि हिमाली तथा उच्च पहाडी क्षेत्रहरुमा हिमपात हुन शुरु गरेको हो । यो क्रम अब कम हुँदै जाने महाशाखाको भनाइ छ । आज काठमाडौं उपत्यकामा बिहानैदेखि हुस्सु लागेकाले चिसो बढेको छ ।


  •  
  •  
  •