मौसममा खराबी आएपछि काभ्रे र सिन्धुलीमा सात वटा हेलिकप्टर आकस्मिक अवतरण

102
  •  
  •  
  •  

काठमाडौं । मौसममा खराबी आएपछि काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा हेलिकप्टर वटा हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।

  सोलुखुम्बुमा अलपत्र पर्यटक बोकेका ८ हेलिकप्टरमध्ये ७ ले मौसम खराब भएपछि आकस्मिक अवतरण गराएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर रहेका छन् ।

काभ्रेको पाँचखाल नगरपालिकाको वडा नम्बर ५ को जोरपाटी भन्ने ठाउँमा ३ वटा र हर्षे भन्ने ठाउँमा एउटा हेलिकप्टर बिहान ८ बजे आकस्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

सोलुखुम्बुबाट उडेका ८ मध्ये ४ वटा काभ्रेमा र ३ वटा सिन्धुलीको नेपाल थोकमा आकस्मिक अवतरण भएका छन् ।
मनाङको एउटा र सिम्रिकका २ वटा हेलिकप्टरमा ६/६ जनाका दरले १८ जना र कैलाश हेलिकप्टरमा ३ जना गरी २१ जना यात्रु सवार रहेका थिए ।

हेलिकप्टरमा केही विदेशी यात्रु पनि रहेको प्रहरीले जनाएको छ । सबै यात्रु सुरक्षित रहेका छन् ।
केही दिनदेखि लुक्लाबाट जहाज उड्न नसकेपछि त्यहाँ करिब ३ सय पर्यटक अलपत्र थिए । अलपत्र परेका तिनै पर्यटकको उद्दारका लागि हेलिकप्टरहरु लुक्ला पुगेका थिए । प्रतिकूल मौसममा जोखिम नलिने भन्दै सात वटै इनरुटमा रोकिएका हुन् ।

 

 तस्बिर : सरोज श्रीको ट्विटरबाट


  •  
  •  
  •