मेघ गर्जनसहित पानी पर्ने सम्भावना

64
  •  
  •  
  •  

काठमाडौं । आज देशका केही स्थानमा मेघगर्जनसहित पानी पर्ने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हेर्नुहोस् मौसमी विवरण

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पूर्वि भाग औसत स्थान भन्दा केहि माथि (नेपाल नजिक) रहेको छ र अन्य स्थानमा  आसपासमा  अवस्थित छ। बंगालको खाडि वाट अएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ| तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी सामान्य देखि पुर्ण बदली भई देशका पूर्वी, मध्य तथा पश्चिमी भु-भागका थोरै-थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

भाद्र २५ गते (बुधवार)

दिउँसो: देशभरी सामान्य  बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व र मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 राती: देशभरी सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व देखि पश्चिम सम्मकै थोरै-थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ।

भाद्र २६ गते (बिहिवार)

 दिउँसो: देशभरी सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका मध्य तथा पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।  पुर्व तथा मध्य भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र २७ गते (शुक्रवार)

 दिउँसो: देशभरी सामान्य  बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पूर्व तथा मध्यका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

 राती: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पुर्व तथा पश्चिमि  भु-भागका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्ययम वर्षा साथै थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना भएकोले  नदिमा आकस्मिक पानीको वहाव वढ्न सक्ने, पहाडि भु-भागमा पहिरो जानसक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउनु हुन अनुरोध छ|


  •  
  •  
  •