देशभरको मौसम सामान्यदेखि पूर्णतया बदलि

224
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम सामान्य देखि पूर्णतया बदलि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपास अवस्थित छ । साथै बंगालको खाडीको उत्तर – पश्चिमि भागमा एउटा निम्न चापिय प्रणाली बनेको छ | तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
देशभर सामान्य देखि पूर्णतया बदलिको अवस्था रहेको छ | साथै पूर्व र मध्यका केही तथा पश्चिमका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

भाद्र १७  गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्वी र मध्य पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना देखिन्छ |

राती: देशका अधिकांस स्थानहरुमा सामन्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पश्चिम र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

भाद्र १८  गते (बुधबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिम र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

 भाद्र १९ गते (बिहिबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभरी आंसिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ|

 


  •  
  •  
  •