मेघ गर्जनसहित चट्याङपर्ने सम्भावना, सतर्क रहन आग्रह

363
  •  
  •  
  •  

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार सोमबार देशको केहि स्थानहरुमा मेघ गर्जनसहित चट्याङ पर्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार देशको पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेषगरी पश्चिम र पूर्वका तराई तथा पहाडी क्षेत्रमा आइतबार रातिदेखि नै पानी परिरहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार आइतबार रातिदेखि मनसुन सक्रिय भएकाले देशभर मौसमी गतिविधि बढेको हो ।  सोमबार देशभर आंशिक देखि सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने महाशाखामको बुलेटिनमा उल्लेख छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यस्तो छ मौसमी विवरण

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) औसत स्थान भन्दा केहि उत्तर तर्फ (नेपाल तर्फ) सरेको छ |

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ | साथै तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण २० गते (सोमबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही  धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुने छ । साथै पुर्व र पश्चिम तराई क्षेत्रका थोरै स्थाहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। साथै मध्य र पश्चिमी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २१  गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ।

राती: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  मध्य र पश्चिमी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

श्रावण २२  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरुमा वर्षा हुनेछ। साथै पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती: देशभर सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा वर्षा हुनेछ। साथै  पूर्व र मध्य क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशको  केहि स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग पर्ने सम्भावना रहेको तथा  पूर्व र पश्चिमी तराई तथा पहाडी भेगका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले  सतर्कता अपनाउन अनुरोध छ |


  •  
  •  
  •