देशका अधिकांश भू-भागकाे मौसम बदली(पूर्वानुमानसहित)

351
  •  
  •  
  •  

काठमाडौं । आज पनि देशका अधिकांश भूभागमा मौसम बदली भएको छ। केही ठाउँमा बिहानैदेखि वर्षासमेत भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपासमा विकसित न्यून चापीय रेखाको प्रभाव छ। त्यसैगरी पश्चिमी वायुको प्रभावले पनि नेपालको मौसम बदली भएको छ।

जसको प्रभावस्वरुप हाल देशमा आंशिक देखि सामान्य बदलीको अवस्था छ। आज बिहानैदेखि बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली हुनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहने छ। राति यी क्षेत्रमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

अहिले नेपालमा प्रिमनसुनका गतिविधि चलिरहेका छन्। मौसमविद्हरुका अनुसार मनसुनपूर्वका गतिविधिलाई प्रिमनसुन भनिन्छ।

सामान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने गर्छ। यस वर्ष नेपालमा मनसुन चाँडै सुरु हुने र मनसुन अवधिमा धेरै पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशमा आंशिक देखि  सामान्य बदली  रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 २०७९ जेठ १५ गते (आइतबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली  देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १६ गते  (सोमबार)

दिउँसो : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही  स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ जेठ १७ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा  हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती :  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि  सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १,  बागमती प्रदेश , गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश  लगायत देशका पहाडी भू-भागका केही  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।


  •  
  •  
  •