देशका एक/दुई स्थानमा भारि वर्षाको सम्भावना

183
  •  
  •  
  •  

काठमाडौं । मंगलबार देशका पश्चिमका पहाडी भूभागका एक/दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने सम्भावना रहेको छ ।

यस्तो छ मौसमी विवरण

मौसम विश्लेषण (Meteorological Analysis):

मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough)  नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर रहेको छ जसको कारणले नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको छ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status):

हाल देशभरी आंसिक देखि सामान्य बदलीको अवस्था छ। देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast): 

श्रावण १४ गते (मंगलबार)

दिउँसो:  देशभर आंशिक देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने संभावना रहेको छ ।

राती:  देशको पश्चिमी भु-भागमा सामान्य देखि पुर्ण बदली साथै मध्य तथा पुर्वी भु-भागमा आंशिक  देखि सामान्य बदली रहि पश्चिमका केहि स्थानहरुमा, पुर्व र मध्यका थोरै स्थानमा वर्षा हुने संभावना छ | देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा भारि वर्षाको संभावना छ।

श्रावण १ गते (बुधबार)

दिउँसो:  देशभर आंशिक  देखि सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ । देशको पश्चिमि पहाडी भूभागका एक-दुई स्थानमा भारि वर्षाको संभावना छ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ |

 श्रावण १ गते (बिहिबार)

दिउँसो:  देशभर आंशिक  देखि  सामान्य बदली रही देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ ।

राती:  देशभर सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा वर्षा हुने संभावना छ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

 राती पश्चिमी पहाडी भु-भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।


  •  
  •  
  •