मौसमको जानकारी अब तपाईको मोवाइलमा

315
  •  
  •  
  •  

काठमाडौं, १० असार (ओएनएस) : बर्षा र झरीको मौसम छ तपाई कतै जादै हुनुहुन्छ ? कुन ठाउँको मौसम कस्तो छ, आज पानी पर्लाकी नपार्ला अन्यौलमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । आउँदो २४ घन्टा मौसमले कस्तो रूप लिनेछ, कुन ठाउँको मौसम कस्तो छ कति तापक्रम छ भन्ने जानकारी अब मोवाईल बाटै लिन सकिन्छ ।

मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले भ्वाइस मेलमार्फत मौसमको जानकारी दिने व्इवस्था गरेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको बिहान, दिउँसो वा साँझको साँझको बुलेटिनमा यहाँलाई स्वागत छ । तपाईले फोन गरेको समय अनुसार जानकारी आउनेछ ।

टेलिफोन गर्ने वित्तिकै महाशाखाले अघिल्लो २४ घन्टाको मौसमी विवरण र पछिल्लो २४ घन्टाको पूर्वानुमानको सन्देश प्रदान गरिन्छ।
भ्वाइस मेलका लागि तपाईंले १६१८०७०७३३३३३ नम्बर डायल गर्नुपर्नेछु । मौसम विवरणका लागि उल्लिखित नम्बर डायल गर्दा उपभोक्ताको प्रतिसन्देश एक रुपैयाँ खर्च हुन्छ।
पश्चिमी भागमा भीषण वर्षाको संकेतसंगै जल तथा मौसम विज्ञान विभागले बाढी आउन सक्ने भन्दै उक्त क्षेत्रको नदीको बहाब र पानीको मात्रा अनुगमन गर्न प्राविधिक परिचालन गरेको छ । यता, जेठ ३० मा पूर्वबाट प्रवेश भएको मनसुन अझै कमजोर नै रहेको छ ।


  •  
  •  
  •