पश्चिमी वायुको प्रभाव, फेरि मौसम बदली

155
  •  
  •  
  •  


काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । बिहान बादल हटेर घाम लाग्नेपनि दिउँसो पश्चिमी वायुको प्रभावका कारण लगातारजसो जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले बादल हट्न नसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बादल लागे पनि ठूलो पानी पार्ने गरी प्रणाली विकसित नभएकाले आज ठूलो वर्षाको सम्भावना भने छैन । तर, केही ठाउँमा भने हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।


  •  
  •  
  •