शक्तिशाली गुलाब चक्रवातको अप्रत्यक्ष प्रभाव

174
  •  
  •  
  •  

काठमाडौं । गुलाब नामक शक्तिशाली चक्रवातको अप्रत्यक्ष प्रभावका कारण देशभर बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवातका कारण वर्षाको सम्भावना न्यून रहेको छ।

गएको शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न सुरु भई शनिबार बनेको गुलाब नामक शक्तिशाली चक्रवात‍ आइतबार राति भारतको उडिसाको जमिनमा अवतरण भएको हो।

यसको अप्रत्यक्ष परिधीय असरका कारण नेपालमा आंशिकदेखि सामान्य बदलीको अवस्था हुनसक्ने तर यसको असरका कारण देशमा वर्षा हुने सम्भावमा भने न्यून रहेको मौसमविद्ले बताएका छन्।

मनसुन न्यून चापीय रेखा अहिले औसत स्थानभन्दा केही दक्षिणतिर रहेको पनि महाशाखाले जनाएको छ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

मौसम विश्लेषण (Meteorological Analysis)

हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ।

बिगत २०७८ आश्विन ८ गते (२०२१ सेप्टेम्बर २४ तारिक) मा  बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र (deep depression) बन्न शुरु भई  आश्विन ९ गते (सेप्टेम्बर २५ तारिक) मा बनेको “गुलाब” नामक शक्तिशाली चक्रवात‍को हिजो राती आश्विन १० गते (२६ तारिक) मा उडिसाको जमिनमा अवतरण (landfall) भईसकेको छ। यसको अप्रत्यक्ष परिधीय (periferal) असरका कारण नेपालमा आंशिक देखि सामान्य बदलीको अवस्था हुन सक्ने तर यसको असरका कारण देशमा भारी वर्षा हुने संभावमा भने न्यून रहेको जानकारी अवगत गराउन चाहन्छौं।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल  गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ११ गते (सोमबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १२ गते (मंगलबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरूमा र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १३ गते (बुधबार)

दिउँसोदेशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।


  •  
  •  
  •