मनसुनी गतिविधि कम सक्रिय हुँदै जाने

340
  •  
  •  
  •  

काठमाडौं । मनसुनी गतिवधि कम सक्रिय हुँदै जाने भएको छ ।  मौसम पुर्वानुमान महाशाखाका अनुसार अब मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग भन्दा अझ दक्षिण तिर सन भएकाले मनसुनी गतिविधि कम सक्रिय ँहुदै जाने देखिएको हो ।

महाशाखाका अनुासर अहिले देशभर सामान्य बदली भई देशका पुर्व र पश्चिमका केहि स्थानहरुमा वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ मौसमी विवरण

 श्रावण ९ गते (बिहीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।  देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

श्रावण १० गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम भेगका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रहि केही स्थानहरुमा वर्षा हुनेछ | देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारीको सम्भावना छ ।

 श्रावण १ गते (शनीबार)

दिउँसो: देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ।

 राती: देशभर सामान्य बदली रहि देशका केही स्थानहरुमा वर्षा हुनेछ |

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  त्यसैले ती क्षेत्रका खोलाहरुमा जल सतह बढ्न सक्ने भएकोले नदि वरपरका क्षेत्र, नहर तीर सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।

मौसमी सुचना तथा थप अपडेटहरु नियमित रुपमा यस महाशाखाको website www.mfd.gov.np, नोटिस बोर्ड सेवा (१६१८०७०७३३३३३) तथा महाशाखाको twitter एकाउण्ट @DHM_weather र facebook एकाउण्ट (Meteorological Forecasting Division, Department of Hydrology and Meteorology) बाट प्राप्त गर्न सकिनेछ। साथै महाशाखाको फोन नम्बर ०१-४४८६८६९ मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। यो नम्बर २४ घण्टा उपलब्ध छ।


  •  
  •  
  •