तीन दिन देशैभर पानी पर्ने, मौसम पूर्वानुमानसहित

214
  •  
  •  
  •  


काठमाडौं । वाग्मतीसहित पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र प्रदेश नम्बर २ का केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी प्रदेशका धेरै ठाउँमा भने सामान्यदेखि मध्यम खालको वर्षा हुनेछ ।

देशभर नै बादल लागेकाले अबको तीन दिन देशका सबै ठाउँमा पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । आज, भोलि र पर्सि आकाशलाई बादलले ढाक्ने भएकाले पानी परिरहने सम्भावना छ । शुक्रवारदेखि भने मौसम बिस्तारै खुल्दै जाने मौसमविद् मानन्धरले बताउनुभयो । अहिले प्रदेश(२, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पानी परिरहेको छ ।

अहिले प्रदेश १ का केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । लगातार पानी पर्दा बाढी पहिरोको जोखिम उच्च हुने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिम रोकथामका लागि ७७ वटै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिलाई पूर्वतयारी र प्रतिकार्यको तयारीमा रहन निर्देशन दिएको छ ।

मौसम विश्लेषण (Meteorological Analysis)

देशभरी मनसुनी वायुको प्रभाव रहेको छ ।

हाल मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । प्रदेश न. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ असार १  गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।

२०७८ असार २  गते (बुधबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश,   कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

२०७८ असार ३  गते (बिहीबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही  स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश थोरै स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश न.१ र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा भारी बर्षाको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश न.२, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


  •  
  •  
  •