देशभर मनसुन सक्रिय

126
  •  
  •  
  •  

काठमाडौं । देशभर मनसुन सक्रिय भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरिरहेकाले मनसुन सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको समयमा ठाउँ–ठाउँमा तातेको जमिनमाथिको जलवाष्पयुक्त हावाले वायुमण्डललाई जोडेर काल्पनिक रेखा बन्छ । मौसम विज्ञानको भाषामा यसैलाई न्यूनचापीय रेखा भनेर बुझ्ने गरिन्छ ।

देशभर मनसुन सक्रिय हुँदा सोमबार देशका धेरैजसो ठाउँको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसम महाशाखाले जनाएको छ ।
सोमबार देशको केही ठाउँमा ठूलो र धेरै ठाउँमा मध्यमखालको पानी पर्ने सम्भावना छ । भारतमा बनेको न्यूनचापीय रेखा उत्तरतर्फ सरेकाले अबको केही दिन देशभरको मौसम बदली भएर पानी पर्नेछ ।

नेपालमा सामान्य समयभन्दा १० दिन ढिलोगरी ५ असारमा कमजोर अवस्थामा पूर्वी भागबाट मनसुन प्रवेश भएको थियो । तर प्रवेश भएको केही दिनमै मनसुन रोकिएपछि वर्षा हुन सकेको थिएन । गएको शनिबारदेखि मनसुन सक्रिय हुँदा देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

असार २३ गते (सोमवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

असार २४ गते (मंगलवार) 

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ

असार २५ गते (बुधवार)

दिउँसो: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ ।

राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना छ


  •  
  •  
  •