देशभरको मौसम आंशिकदेखि सामान्य बदली(मौसम पूर्वानुमानसहित)

132
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली भइ केही क्षेत्रमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बंगालको खाडीको उत्तर–पश्चिम भागमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २२ गते (बिहिबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २ गते (शुक्रबार)

दिउँसो :  प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

असोज २४ गते (शनिबार)

दिउँसो :  प्रदेश १ र प्रदेश २ मा  आंशिक बदली र बाँकी प्रदेशहरुमा मौसम सफा रहनेछ। प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशको पहाडी भू-भागहरुमा आँशिक बदली रही बाँकि भूभागको मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।


  •  
  •  
  •