देशभरको मौसममा सामान्यदेखि आंशिक बदली

120
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम सामान्यदेखि आंशिक बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ भने बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।

प्रदेश १ का थोरै स्थानहरुमा हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

यसका साथै मंगलबार राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। अहिले बिहान प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।

बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको मौसमविदले जनाएका छन्।
हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २० गते (मंगलबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

असोज २१ गते (बुधबार)

दिउँसो :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज २२ गते (बिहिबार)

दिउँसो :  देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक दुइ स्थानहरुमा हल्का  वर्षाको सम्भावना रहेको छ ।

राती :  देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।


  •  
  •  
  •