देशका अधिकांश क्षेत्रको मौसम बदली रहने

229
  •  
  •  
  •  

काठमाडौं । बुधबार देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद मञ्जु बासीले बताइन् ।

पूर्व र मध्य क्षेत्रमा मनसुन सक्रिय छ भने पश्चिमका क्षेत्रमा अझै पनि पश्चिमी वायुको प्रभाव रहेकाले मनसुन पुगे पनि सक्रिय हुन सकेको छैन । अबका केही दिनमा बिस्तारै पानी पर्ने क्रम बढ्दै जाने मौसमविद बासीले बताएकी छन् ।

यस्तै देशका विभिन्न स्थानमा बुधबार पनि चट्याङ पर्न सक्ने मौसमविदले बताएका छन् । देशका पश्चिम र मध्य क्षेत्रमा चट्याङ पर्ने सम्भावना बढी रहेकाले सचेत रहन मौसमविदले आग्रह गरेका छन् ।
पूर्वका क्षेत्रमा पनि चट्याङको सम्भाना रहेको छ ।
यस्तो छ मौसम पूवार्नुमान

जारी मितिः असार ११  गते (बुधबार)),बिहान   ६:०० बजे

असार ११  गते (बुधबार)
असार ११  गते (बुधबार)
दिउँसोः देशका अधिकांस भुभागहरुमा सामान्य बदलि  भइ  देशका  केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशैभरि आंसिक देखि सामान्य बदलि  भइ  देशका  पुर्व र मध्यका केहि  स्थानहरुमा साथै पश्चिमका थोरै  स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार १२ गते (बिहिबार)
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक  बदलि भइ  पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/ दुइ  स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक  बदलि भइ  पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका एक/ दुइ  स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

असार १३  गते  (शुक्रबार )
दिउँसोः देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक  बदलि भइ   मध्यका केहि  स्थानहरुमा साथै पश्चिम  र पुर्वका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
राति: देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक  बदलि भइ  पुर्व र मध्यका केहि  स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।


  •  
  •  
  •