देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

98
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पश्चिमतर्फका तीनवटा प्रदेशबाट मनसुन हटिसकेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष मौसमी बुलेटिन जारी गर्दै सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश ५ का पश्चिमी भूभागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो।

बाँकी प्रदेशमा भने अझै मनसुनी प्रभाव रहेको छ। महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

उत्तर पश्चिम वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशका पहाडी भू-भाग लगायत प्रदेश १ र प्रदेश २ का तराई भेगमा आंशिक देखि सामान्य  बदली  रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश १,  प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।  प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश २, बागमती प्ररदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। साथै प्रदेश १, प्रदेश २,  बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा  हल्का देखि मध्यम बर्षाको सम्भावना रहेको छ ।

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १,  बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश १, प्रदेश  २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश  ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १८ गते (आईतबार)

दिउँसो :   प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक –दुई  स्थानमा  हल्का वर्षाको  सम्भावना रहेको छ ।

राती :  प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही  प्रदेश १,  बागमती प्रदेश र गण्डकी प्रदेशका एक –दुई  स्थानमा  हल्का वर्षाको  सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

 उल्लेखनीय चेतावनी छैन।


  •  
  •  
  •