देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

107
  •  
  •  
  •  

काठमाडौ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार देशका केही स्थानमा सामान्य मौसम बदली हुने भएको छ ।

महाशाखाका अनुसार केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली हुने र बाँकीका प्रदेशमा आंशिक बदली हुनेछ ।
यस्तै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल बंगालको खाडीमा न्यून चापीय क्षेत्र रहेकोले मौसममा आंशिक र सामान्य बदलि रहेको हो। रातको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

पछिल्लो केही दिनसम्म यस्तै अवस्था रहने माहाशाखाको अनुमान रहेको छ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशभर आंशिक देखि सामान्य  बदली  रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १७ गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेशप्रदेश नं  र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

  छैन।


  •  
  •  
  •