देशका केहि स्थानमा हल्का वर्षाको सम्भावना

93
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


महाशाखाका अनुसार हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ। राती प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल वंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र  कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १५ गते (बिहिबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रही पहाडी क्षेत्रका एक दुइ  स्थानहरूमा  हल्का बर्षाको सम्भावना रहेको छ ।

असोज १६ गते (शुक्रबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ मा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

    छैन।


  •  
  •  
  •