हेर्नुहोस् यस्तो छ आजको मौसम

91
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम सोमबार सामान्यदेखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसबाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्। सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहानीपख देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। हाल भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेको महाशाखाले जनाएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको पुर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ।

 हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ।

असोज १३ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५नं प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

 असोज १४ गते (बुधबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २,बागमती प्रदेश, गण्डकी प्रदेश  मा सामान्य बदली रही थोरै स्थानहरूमा  तथा बाँकी प्रदेशहरुमा आंशिक बदली भइ एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन।


  •  
  •  
  •