एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

95
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम आइतबार सामान्यदेखि आंशिक बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा पानी पर्ने सम्भावना रहेको छ ।
यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रदेश नम्बर १ का केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन्।आइतबार राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। अहिले बिहानीपख प्रदेश १ मा पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र कमजोर हुने क्रममा रहेको मौसम विभागले जनाएको छ।
हेर्नुहोस्
मौसम विश्लेषण (Meteorological Analysis):-
हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र  कमजोर हुने क्रममा रहेको छ।
हालको मौसमको अवस्था (Present Weather Status):
हाल  प्रदेश न. १ मा पूर्णतया बदली बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
असोज ११ गते (आइतबार)
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुई स्थानमा  मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक/ दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज १२ गते (सोमबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक/ दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।
असोज १३ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

  •  
  •  
  •