देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बदली

99
  •  
  •  
  •  

काठमाडौं । देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली भइ केहि स्थानमा पानी पर्ने सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबारदेखि नै केही सुधारको क्रममा रहेको मौसम शनिबार पनि क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।

अहिले न्यून चापीय क्षेत्र उत्तर–पूर्व तर्फ सर्दै गएकाले त्यसको प्रभाव पश्चिममा भन्दा पूर्वी क्षेत्रमा बढी पर्ने छ । अहिले कर्णाली प्रदेश, सुदूरपश्चिम र प्रदेश ५ मा आंशिक बदली भएको छ । बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, बागमति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमामा हल्का पानी परेको छ । यस्तै अरु प्रदेशका एक–दुई स्थानमा पनि हल्लका वर्षा भइरहेको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेभगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का एक–दुई स्थानमा भारी वर्षाको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।

राति पनि प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । यस्तै प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र  रहेको छ। साथै यो न्युन चापिय क्षेत्र उत्तर-पुर्व सर्दैछ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल कर्णाली प्रदेश, सुदुर-पश्चिम र प्रदेश नं ५ मा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही  प्रदेश न. १ बाग्गमति प्रदेश र गण्डकी प्रदेशका थेरै स्थानमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्लका बर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५,  कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र  प्रदेश नं २ को एक/ दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र  गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा  तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी  प्रदेशका   का  एक/ दुइ स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम  प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा  मेग गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

असोज १२ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ । राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही थोरै स्थानहरू हल्लका वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश नं १,प्रदेश नं २ र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले  आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •