मौसममा सामान्यदेखि आंशिक बदली, हल्का देखि मध्यम वर्षाको सम्भावना

94
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार मौसममा सामान्य देखि आंशिक बदली रहने भएको छ । महाशाखाका अनुसार केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

हाल कर्णाली प्रदेश र सुदुर–पश्चिम प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश न १ प्रदेश न २ बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शुक्रबार राति पनि देशभर सामान्य देखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान भारी वर्षाको समेत सम्भावना रहेको छ।

अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश नम्बर १ प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र रहेको छ। साथै यो न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दैछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ९ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

असोज १० गते (शनिबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू र कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका  एक दुइ स्थानहरुमा मध्यम वर्षाको समेत संभावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थानहरू तथा कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम देखि भारी वर्षाको  समेत सम्भावना रहेको छ।

असोज ११ गते (आइतबार)

दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश, मा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानहरुमा स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का  एक दुइ स्थानहरुमा मध्यम वर्षाको  समेत सम्भावना रहेको छ।

राती : प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा वाँकी प्रदेशहरुमा आंशिक बदली रही एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशको एक दुइ स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •