देशका केहि स्थानमा मेघगर्जन,चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

80
  •  
  •  
  •  

काठमाडौं । देशभरको मौसम आइतबार आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली रहेको छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

 हालको मौसमको अवस्था (Present Weather Status):

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आँशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज ४ गते (आइतबार)

दिउँसो : देशभर आँशिक देखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।  

 राती : देशभर आँशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।  

असोज ५ गते (सोमबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश  नं १, प्रदेश  नं २ र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

असोज ६ गते (मंगलबार)

दिउँसो : देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

राती : देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश  नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours): 

उल्लेखनीय चेतावनी छैन ।


  •  
  •  
  •