मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

275
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा शनिबार मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना गरेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको हो ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले सफा रहेको उपत्यकाको मौसम पनि दिउँसो ३–४ बजेतिर बदली भई पानी पर्नेछ । तर उपत्यकाका कुनै ठाउँमा पानी परे पनि कुनै ठाउँमा भने पानी नपर्ने सम्भावना रहेको उनले बताइन् ।
यस्तै कुनै ठाउँमा ठूलो पानी परे पनि कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी पर्नेछ । दिउँसोभन्दा बेलुकीतिर धेरै पानी पर्ने मौसमविद् बासीको अनुमान छ ।

यस्तो छ मौसम पुर्वानुमान

दिउँसो: देशको  पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिक देखि  सामान्य वदली  रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ।  देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशको पश्चिमी भु-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १९  गते (आइतबार ):
दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशका थोरै स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ २०  गते (सोमबार ):
दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  देशको पश्चिमी भु-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति:  देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा आंसिक बदली रहने देखिन्छ ।

  •  
  •  
  •