मौसममा आशिंकदेखि सामान्य बदली(मौसम पूर्वानुमानसहित)

234
  •  
  •  
  •  

काठमाडौं । उपत्यकासहित मध्य र पूर्वको मौसम आज पनि आशिंकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको विहारमा बनेको न्यूनचापीय रेखाको प्रभावले मध्य र पूर्वसँगै पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुलेपनि दिउँसोपछि मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिइन् । अन्य ठाउँको मौसम पनि आशिंक बदली हुने उनको भनाइ छ ।

महाशाखाका अनुसार शनिबारदेखि पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले एक दुई दिन देशभरीकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्नेछ ।

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडांै उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ५ डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ ।

हेर्नुहोस् मौसम पूर्वानुमान

जारी मिति : जेष्ठ १७  गते (शुक्रबार ), बिहान  ६:०० बजे
 जेष्ठ १७ गते (शुक्रबार):
दिउँसो: देशका पूर्वी र मध्य भु-भाग लगायत   र पश्चिमि पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका थोरै  स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
राति: देशका पूर्वी र मध्य भु-भाग लगायत   र पश्चिमि पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । देशका पूर्वी र मध्य भु-भागका केहि स्थानहरुका साथै पश्चिमी पहाडी भेगका  थोरै  स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।
जेष्ठ १८ गते (शनिबार):
दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि  सामान्य वदली रही  पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
जेष्ठ १९  गते (आइतबार ):
दिउँसो: देशैभरि आंशिक देखि  सामान्य वदली रही  पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।
राति: देशैभरि आंशिक देखि  सामान्य वदली रही  पूर्वी तथा मध्य भु-भागका केहि र पश्चिमि पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

 


  •  
  •  
  •