काठमाडौं , १८ पुस (ओएनएस) : मौसम खरावीका कारण शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने आन्तरिक एवं अन्तराष्ट्रिय हवाई उडान प्रभावित भएको छ ।
काठमाडौको आकासमा लागेको बाक्लो हुस्सु विहान अवेरसम्म नखुलेका कारण विमानस्थलबाट बिहानै हुने उडान प्रभावित भएका हुन् । बिहान ६ बजेबाट उडान सुरु हुने गरेपछि ८ बजेसम्म भइसकेका छैनन ।
विहान ६ बजेदेखि नै विमानस्थल सुचारु भइसक्नुपर्ने भएपनि विमानस्थलमा भिजिविलीको मात्रा न्युन रहेकाले सउडान हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । खराव मौसमले विहानको नियमित उडान रोकिनासाथ दिनभर त्यसको प्रभाव पर्नेगर्छ ।
एउटा जहाज उडेको ३ घण्टासम्म अर्को उड्न नपाउने र ल्याण्ड गर्दा पनि आधा घण्डासम्म आकासमै होल्ड गर्नुपर्ने बाध्यता छ । आन्तरिक उडानमा मात्र दैनिक विभिन्न कम्पनीका करिब २ सय ओटा जहाज राजधानी ओहोर–दोहोर गर्ने गरेका छन् ।
अचानक मौसम बदली हुँदा देशभर चिसो बढेको छ । अरब सागरबाट उत्पन्न वायुको प्रभावका कारण आज मौसम बदली भएको र देशभर चिसो बढेको मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउमा पानी परेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जुम्ला, हुम्ला सहितका कर्णाली अञ्चलका केही जिल्लामा १ फिट भन्दा बाक्लो हिउ परेको छ ।