मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना

167
  •  
  •  
  •  

काठमाडौं, २ जेठ(ओएनएस) : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले बिहीबार काठमाडौं उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बंगालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसमविद् राजु प्रधानांगले जानकारी दिए ।

शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुनेछ । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ थियो ।

राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

यस्तो छ मौसमी विवरण

जेष्ठ ०२ गते (बिहिबार):

दिउँसो: देशको पूर्वी भु-भाग तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बाँकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ ।देशको पूर्वी भु-भागका तथा मध्य र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्वी भू-भाग तथा मध्य र पश्चिमी पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ । देशका पहाडी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ० गते (शुक्रबार):

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।  देशका पहाडी भु-भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जेष्ठ ० गते (शनिबार):

दिउँसो: देशको पहाडी भु-भागमा आंशिक बदलि रहि बांकी भु-भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ।  देशका पश्चिमी पहाडी भु-भागका थोरै स्थानमा तथा मध्य र पूर्वी भू भागका एक वा दुई स्थानमा अपरान्हतिर मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति: देशका पहाडी भु-भागमा आंशिक बदलि रही बांकी भु-भागमा मौसम सफा हुने देखिन्छ। देशका पहाडी भु-भागका एक वा दुई स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ


  •  
  •  
  •