देशका केही स्थानमा भारी वर्षाको सम्भावना

54
  •  
  •  
  •  

काठमाडौंं । शुक्रबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। नेपालको पूर्वी तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ।

महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  नेपालको पुर्वी तराई भू-भाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश ,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १ गते (शनिबार)

दिउँसोः देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, प्रदेश १,गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने  प्रदेश १, प्रदेश २  प्रदेश ५ र सुदुरपश्चिम प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ।

साउन १ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ र सुदुरपश्चिम प्रदेश र कर्णालि प्रदेशका एक वा दुई  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ ,बागमती प्रदेश ,गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, प्रदेश ५ का एक वा दुई स्थानहरूमा भारी वर्षाको  सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •