देशका केही स्थानमा पानी पर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)

315
  •  
  •  
  •  

काठमाडौं । शनिबार देशभरको मौसम सामान्य बदली भई केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको र नेपालको दक्षिण भागमा न्यून चापीय क्षेत्र रहेकाले मौसम बदली भएको छ ।

अहिले देशभर सामान्य बदली रही अहिले थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। शनिबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

देशभर मनसुनी वायुको प्रभाव छ। साथै नेपालको दक्षिण भागमा न्युन चापीय क्षेत्र रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर सामान्य बदली रही अहिले थोरै  स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

साउन १० गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्य बदली रही केही  स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

 साउन ११ गते (आइतबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

साउन १२ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राती : देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी  प्रदेश र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका  केही  स्थानहरुमा हल्का देखि मध्यम वर्षा  हुनेछ । बाग्मती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका  एक वा दुई स्थानमा  मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना  रहेकोले ती  स्थानहरुका  नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •