राष्ट्र बैंकले ल्यायो जुम्ल्याहा हात्तीसहितको एक हजारको नयाँ नोट

203
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नयाँ नोट बजारमा पठाएको छ । बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट बुधबारदेखि बजारमा पठाएको हो।

राष्ट्र बैंकका नोटमा केही नयाँ विशेषता रहेका छन् । बजारमा पठाइएका नयाँ नोटमा सुरक्षा विशेषताहरु यथावत रहे पनि हात्तीको संख्या थपिएको छ । नयाँ नोटमा चितवनमा देवकलीबाट जन्मिएका जुम्ल्याहा हात्ती ‘राम लक्ष्मण’ को चित्र राखिएको छ ।

यसअघि एउटा मात्र हात्तीको चित्र अंकित भए पनि त्यो हात्री नेपालकै थियो वा अरु देशको भन्ने प्रष्ट थिएन । नोटको अग्रभागमा नोटको नम्बर, सगरमाथाको चित्र र गभर्नरको दस्तखत रहेको छ ।


  •  
  •  
  •