न्यूनचापीय क्षेत्रको प्रभावले मौसममा बदली(मौसम पूर्वानुमानसहित)

826
  •  
  •  
  •  

काठमाडौं, १३ वैशाख(ओएनएस) : शुक्रबार पनि मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तर ठूलो पानी भने नपर्ने महाशाखाको अनुमान छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार मौसम नखुलेपनि आइतबारदेखि भने पूर्वसहित मध्य र पश्चिमको पहाडी भूभागको मौसममा सुधार आउने आउने मौसमविद् मौसमविद् राजु प्रधानाङ्गले बताए ।
यसैबीच यसवर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बैशाख १३  गते (शुक्रबार):

दिउँसोः देशका पूर्वी क्षेत्रका भू-भागहरुमा  तथा  मध्य  र पश्चिमका पहाडी भु-भागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ भने बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पूर्वी क्षेत्रका केहि स्थानमा तथा मध्य  र पश्चिमी  पहाडी भेगका थोरै स्थानहरुमा अपरान्हतिर मेघ गर्जन  सहित वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भू-भागमा  आंशिक बदली र बांकि भु-भागमा सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १४  गते (शनिबार):

दिउँसोः देशको पूर्वी तथा मध्य भूभाग  र पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक/दुइ स्थानमा अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति:देशको पूर्वी भूभाग तथा मध्य र पश्चिमका पहाडी भु-भागमा आंशिक  बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी  भू-भागका एक/दुइ स्थानमा मेघ गर्जन  सहित हल्का वर्षाको संभावना रहेको छ।

बैशाख १५  गते (आइतबार):

दिउँसोः देशको पूर्वी तथा मध्य पहाडी भु-भागमा आंशिक बदली र बांकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पूर्वी  भूभागको थोरै स्थानहरुमा  अपरान्हतिर मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

राति: देशको पहाडी भेगमा आंशिक बदलि र बाँकी भू भागमा मौसम सामान्यतया मौसम सफा रहने छ |

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान


  •  
  •  
  •