देशका केहि भू–भागमा हल्का वर्षा(मौसम पूर्वानुमानसहित)

237
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम बुधबार दिनभर बदली हुने जनाएको छ।

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भागबाट केहि दक्षिण तिर सरेको छ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । तर अघिल्ला दिनमा जस्तो धेरै पानी भन्ने नपर्ने जनाइएको छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

देशभर आँशिक देखि  सामान्य बदली रही गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ३१ गते (बुधबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका  एक/दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

साउन १ गते (बिहिबार)

दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

साउन २ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको  समेत सम्भावना रहेको छ ।

राती : देशभर देशभर सामान्य बदली रही केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना छ | साथै प्रदेश १, प्रदेश ५, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षा (Heavy Rain) को  समेत सम्भावना  रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •