देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)

208
  •  
  •  
  •  

काठमाडौं । बुधबार देशका धेरै स्थानहरुमा मेघगर्जनसहित वर्षको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ ।

आज दिउँसो सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

सुदुरपश्चिम प्रदेश, प्रदेश ५ तथा धनुषा, सिेराहा, मोरङ, बिराटनगर र यसका आसपासका भूभागमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेगगर्जन/ चट्याङग हल्का देखि मध्यम वर्षा भईरहेको छ भने बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार २४ गते (बुधबार)

दिउँसोः देशका अधिकांश भू-भागमस सामान्य  बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक / दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 रातीः देशका अधिकांश भू-भागमस सामान्य बदली प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश,  प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र  प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका  एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २५ गते (बिहिबार)

दिउँसोः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ ,बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक / दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।  

रातीः देशभर सामान्य देखी पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

असार २६ गते (शुक्रबार)

दिउँसोः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

रातीः देशका अधिकांश भू-भागमा पुर्ण बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ । देशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना र सुदुर पश्चिम प्रदेश,  कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, , बागमती प्रदेश प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको हुदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •