देशभरको मौसम बदली(मौसम पूर्वानुमानसहित)

309
  •  
  •  
  •  

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा वर्षा भएको छ।

बिहीबार दिउँसो सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षा हुने मौसमविदलेको भनाई छ ।

देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर अधिकांश स्थानमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 असार १८ गते (विहिवार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। प्रदेश  5,  गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, गण्डकी प्रदेश, प्रदेश 5 का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत  सम्भावना  रहेको छ।

 तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •