देशका केही ठाउँमा ठूलो पानीपर्ने सम्भावना(मौसम पूर्वानुमानसहित)

333
  •  
  •  
  •  

काठमाडौं । आज देशका केही ठाउँमा ठूलो पानीपर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकाअनुसार आज देशभर नै सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जनसहित चट्याङ र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जनसहित भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

यी क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र ढल तथा पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।

आज राति प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी (दक्षिण-पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशमा सामान्य बदली रहेको छ र देशभर केही स्थानहरुमा  वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १४ गते (आइतबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १,  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १५ गते (सोमबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २ तथा बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा  सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १  , गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम  प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १६ गते (मंगलबार)

दिउँसोः देशका अधिकांश भू-भागमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १  प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेशका  का एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदुरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत संभावना  रहेको छ।

तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •