आजदेखि मौसममा केही सुधार आउने

933
  •  
  •  
  •  

काठमाडौं, २७ चैत(ओएनएस) : बुधबारदेखि मौसममा केही सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद गंगा नगरकोटीले सामान्य सुधार आउने तर केही स्थानहरुमा भने बुधबार पनि बदलीको सम्भावना यथावत रहेको जानकारी दिएकी छन् ।

देशको पूर्वी भूभागको मौसममा सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने बताइन् ।

पूर्व र मध्य भेगका थोरै स्थानहरुमा मेघ गर्जनसहित क्षणिक हल्का वर्षाको सम्भावना पनि रहेको तर ठूलो वर्षाको सम्भावना भने नरहेको मौसमविद नगरकोटीको भनाइ छ । हावाहुरीको सम्भावना भने आज नरहेको उनले बताइन् ।


  •  
  •  
  •