अबको तीन दिन देशभर मनसुन सक्रिय(मौसम पूर्वानुमानसहित)

333
  •  
  •  
  •  

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिन देशभर मनसुन सक्रिय हुनेछ । महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति प्रदेश १, प्रदेश २, प्रदेश ५ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

ठूलो पानी पर्ने ठाउँका नदी र खोलामा बाढी आउने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । यो बेलामा ढलको निकास राम्रो नभएको ठाउँमा डुबान हुन सक्ने र खहरे खोलाबाट एक्कासी बाढी तथा भिरपाखा र पखेरामा पहिरो आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

यसपाली प्रिमनसुन सक्रिय भएकाले पहिले नै देशभर भारी वर्षा भयो । जमिन गलिसकेको हुँदा प्रारम्भिक समयमै मनसुनजन्य विपद्को ठूलो जोखिम हुनसक्ने मौसमविद्को अनुमान छ ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ  र नेपालमा मनसुन सकृय अवस्थामा रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर बदली रहेको छ र देशभर धेरै स्थानहरुमा  बर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ११ गते (बिहीबार)

रातीः  देशभर सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश  गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना  रहेको छ।

असार १२ गते (शुक्रबार)

दिउँसोः देशभर सबै प्रदेशहरुमा पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश  गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना  रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

असार १३ गते (शनिबार)

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ।

रातीः  देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश १ र प्रदेश २ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश  गण्डकी प्रदेश र प्रदेश नं ५ का थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) र माथि उल्लिखित प्रदेशहरुकै एक-दुई स्थानहरुमा धेरै भारी वर्षा (Very Heavy Rain) को समेत संभावना  रहेको छ।

तसर्थ ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •