देशभरको मौसम बदली(मौसम पूर्वानुमानसहित)

316
  •  
  •  
  •  

काठमाडौं । आज देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ। शुक्रबार राति देशभर पूर्णतया बदली रहने छ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५ र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा निम्न चापिय प्रणाली अवस्थित छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्का देखी मध्यम वर्षा भैरहेको देखिन्छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०५ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्यतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  देशभर पूर्णतया बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा  हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश , प्रदेश ५  र बागमती प्रदेशका एक वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

असार ०६ गते (शनिबार)

दिउँसोः   सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक  वा दुइ स्थानमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

 असार ०७ गते (आईतबार)

दिउँसोः   सुदुर पश्चिम तथा कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको   संभावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक  वा दुइ स्थानहरुमा भारी वर्षाको संभावना  रहेको छ।

रातीः  सुदुर पश्चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको  संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २, वागमती, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना  रहेको छ जसका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात  प्रभावित हुने संभावना  रहेको हुनाले  आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।


  •  
  •  
  •