देशभरिकै मौसम बदली : तराईमा हुरि बतास चल्ने सम्भावना(मौसम पूर्वानुमानसहित)

706
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : काठमाडौंसहित देशभरिकै मौसम बदली भई केही ठाउँमा वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी र मध्य भु–भागमा सामान्य बदली र पश्चिमि भु–भागमा आंशिक बदली रहनेछ ।
देशको पूर्वि र मध्य भू–भागका केहि स्थानमा र पश्चिमका १–२ स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना रहेको छ ।
हिमाली भेगका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पूर्वी र मध्य भू–भागमा आंशिक देखि सामान्य बदली र बाँकि भू–भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू–भागका केहि स्थानमा र पश्चिमी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना देखिन्छ । पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना छ । मध्य र पूर्वी हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

बंगालको खाडीमा उत्पन्न जलवास्पका कारण मौसम बदली हुने तथा मेघ गर्जनसहितको पानी पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद बरुण पौडेलले जानकारी दिएका छन् । उनले सचेत रहन समेत सुझाव दिएका छन् ।

यस्तो छ तीन दिनको मौसम विवरण

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/२६ देखि २०७५/१२/२८) जारी समय : बिहान ६:०० बजे

चैत्र २६  गते (मंगलबार): बिहान ६:०० बजे

चैत्र २६ गते (मंगलबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा सामान्य बदली र पश्चिमि भु-भागमा  आंशिक बदली रहनेछ । देशको पूर्वि र मध्य भू-भागका केहि स्थानमा र पश्चिमका १-२  स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ। पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

राति:  देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वि तथा मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ | मध्य र पूर्वी हिमालि भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना छ ।

 चैत्र २७ गते (बुधवार):

दिउँसोः देशको प्राय स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ तथापि अपरान्ह पश्चात सामान्य बदलि भई मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

राति: देशभरि आंशिक बदलि रहनेछ । देशको थोरै स्थानमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना छ ।

 चैत्र २७ गते (बिहीबार):

दिउँसोः देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ।

राति: देशका पूर्वी र मध्य भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ।

 


  •  
  •  
  •