देशमा विभिन्न स्थानमा भारी वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)

280
  •  
  •  
  •  

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा आज र भोलि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार विशेषगरी मध्य र पूर्वी नेपालका विभिन्न ठाउँमा रातिदेखि नै पानी पारिरहेको मनसुनी प्रणाली पश्चिम सर्ने क्रममा रहेकोले रातिदेखि नै धेरै ठाउँमा पानी परिरहेको छ ।

महाशाखाका अनुसार यो प्रणाली बेलुकीसम्ममा पश्चिम पुग्ने भएकाले आज र भोलि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालको  पूर्वी र मध्य भू-भागमा मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश नं ५ का थोरै भु-भाग गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै भु-भागहरुमा  वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०२ गते (मंगलबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका का थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश ५ का धेरै स्थानहरुमा हल्का देखि मध्ययम वर्षा हुने संभावना छ भने सुदुर पश्चिम प्रदेश  र कर्णाली प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २  र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०४ गते (बिहिबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। प्रदेश १, र बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही  स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका एक/दुई स्थानहरुमा   मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्ययम वर्षाको   संभावना रहेको छ। बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर  धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ  सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै  प्रदेश १, प्रदेश २ ,बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ जसका कारण ति क्षेत्रहरुका नदिमा पानीको वहाव बढ्ने , पहिरो जाने , सडक तथा हवाई यातायात  समेत  प्रभावित हुने संभावना  रहेको हुनाले  सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

 


  •  
  •  
  •