वाग्मती, गण्डकीसहितका प्रदेशमा ठूलो वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)

320
  •  
  •  
  •  

काठमाडौं । वाग्मती, गण्डकीसहितका प्रदेशमा आज ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिममा पश्चिमी वायूको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो भने पूर्वमा मनुसुनी वायूको प्रभावले वर्षा भइरहेको छ ।

आज प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।
आज पनि धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

हेर्नुहोस् मौसम पूर्वानुमान

मौसम विश्लेषण (Meteorological Analysis):-

नेपालको पूर्वी भू-भागबाट मनसुनी वायु तथा पश्चिमी भू-भागमा पश्चिमी  वायुको प्रभाव रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र  साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा  वर्षा भईरहेको छ।।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार ०१ गते (सोमबार)

दिउँसोः  सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही बाकी  प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा  र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   सम्भावना रहेको छ। बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली  रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी  प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०२ गते (मंगलबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित वर्षाको   संभावना रहेको छ। प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः  सुदुर पश्चिम प्रदेश र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   सम्भावना रहेको बाबमति, गण्डकी र प्रदेश ५का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार ०३ गते (बुधबार)

दिउँसोः  सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ मा आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका  एक/दुई स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   संभावना रहेको छ।

रातीः  पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ।पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ /हावाहुरी  सहित वर्षाको   सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका केही स्थानहरुमा  मेघगर्जन/चट्याङ /हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले  सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •