देशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना(मौसम पूर्वानुमानसहित)

122
  •  
  •  
  •  

काठमाडौं । आइतबार देशभरको मौसम सामान्यत बदली रही केही स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव र पूर्वी भू–भाग नजिकै बनेको निम्न चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको छ । यस्तै हाल स्थानीय वायुको पनि प्रभाव रहेको छ ।

आइतबार दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिम पहाडमा सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने छ ।

पूर्वका केही स्थानसहित मध्य तथा पश्चिम पहाडका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

हेर्नुहोस्

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल  नेपालमा पश्चिमी  वायुको आंशिक प्रभाव छ, नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव  रहेको छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल  देशभर  सामान्य  बदली रहि  देशका थोरै स्थानहरुमा हल्का वर्षा भएको छ ।

जेठ १८ गते (आईतबार)

दिउँसोः देशभर सामान्य बदली रहि देशका  केहि स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ १९ गते (सोमबार)

 दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

 रातीः  देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २० गते (मंगलबार)

 दिउँसोः देशको पूर्वी भू-भागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भू-भागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

 रातीः  देशको पूर्वी भू-भागहरुमा सामान्य बदली र मध्य पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरुमा  मेघगर्जन/चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशका  केहि  स्थानहरुमा  मेघगर्जन/चट्याङ/हावाहुरी  सहित वर्षाको  सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।


  •  
  •  
  •