काठमाडौंसहित देशभरिकै मौसम बदली(तीन दिनको मौसम पूर्वानुमानसहित)

781
  •  
  •  
  •  

काठमाडौं, २३ चैत(ओएनएस) : काठमाडौंसहित देशभरिकै अहिले मौसम बदली भई केही ठाउँमा पानी परिरहेको छ ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् मञ्जु बासीले उक्त प्रणाली काठमाडौंसहित मध्य क्षेत्रमा धेरै देखिएको बताइन ।

यसकै प्रभावले उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन उनले आग्रह गरेकी छन् ।

अबको दुई घण्टाजति हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । यसकै प्रभावले पश्चिमको दार्चुला र पूर्वको ताप्लेजुङ आसपास मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।

झण्डै दुई घण्टा पानी परेपछि केही समय मौसम खुल्ने सम्भावना रहे पनि शनिबार दिउँसभरि नै पानी पर्ने सम्भावना रहेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान ( २०७५/१२/२३ देखि २०७५/१२/२५) जारी समय : बिहान ०६:०० बजे

जारी मिति : चैत्र २३ गते (शनिबार)बिहान ६:०० बजे

चैत्र २३  गते (शनिबार) :

दिउँसोः देशको अधिकांस भूभागहरुमा  सामान्य देखि पूर्णतया बदली रहनेछ । देशका केहि स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना देखिन्छ। साथै उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा हुरि बतास चल्ने संभावना देखिन्छ |

राति: देशको अधिकांस भूभागहरुमा  सामान्यतया बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चत्यांग सहित हुरी बतासका साथ वर्षाको संभावना रहेको छ। उच्च हिमाली  भू-भागका केहि स्थानहरुमा हल्का देखि मध्यम  हिमपातको  संभावना देखिन्छ। तराइका भू-भागहरुमा सामान्य हुरि बतास चल्ने संभावना देखिन्छ |

चैत्र २  गते (आइतबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका थोरै स्थानमा, पश्चिमी  भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशको पूर्वी क्षेत्रको अधिकांस भूभागहरुमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भू-भागहरुमा आंशिक बदली रहनेछ । देशको पुर्वी भू-भागका थोरै स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पश्चिम र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |

चैत्र २५ गते (सोमबार):

दिउँसोः देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागकाथोरै स्थानमा मेघ गर्जन सहित वर्षाको संभावना देखिन्छ।

राति:  देशभरका धेरैजसो भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जनका  साथ हल्का वर्षाको संभावना देखिन्छ। पूर्वी र मध्य तराइका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ |


  •  
  •  
  •