मौसमविद्सहितको टोली हावाहुरी प्रभावित क्षेत्रमा जाँदै

423
  •  
  •  
  •  

काठमाडौं, २० चैत(ओएनएस) : आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा भएको धनजनको क्षतीको अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।

जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीनजनाको टोली बुधबार अध्ययनको लागि प्रभावित क्षेत्रमा जान लागेको हो । टोलीले त्यहाँ अध्ययन सकेर केही दिनमा फर्कने छ ।

आगामी दिनमा यस्ता हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न अध्ययन सहयोगी हुने विभागको विश्वास छ ।
यस्तै, सोमबार दिउँसोपछि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव र स्थानीय वायुको असर भएकाले देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन् ।


  •  
  •  
  •