‘मारुनी’ को तेस्रो गीत सार्वजनिक(भिडियोसहित)

74
  •  
  •  
  •  

काठमाडौं । यहि भदौ १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’ को तेस्रो गीत सार्वजनिक गरिएको छ ।

नवल नेपाल निर्देशित चलचित्र मारुनीको ‘हाँने मैले झटारो नजरले गोली’ बोलको लोक शैलीको गीत सार्वजनिक भएको हो ।

फिल्मका प्रमुख अभिनेता पुष्प खड्का र नव–अभिनेत्री रेविका गुरुङ फिचर्ड छन् । गीतमा अञ्जु पन्त र कृष्ण काफ्लेको स्वर छ ।

पुरुषोत्तम ढुंगेल र गायक काफ्लेको शब्द रहेको गीतमा गायक काफ्ले स्वयंले संगीत भरेका छन् । गीतका एरेञ्जर राजन इशान हुन् । सार्वजनिक गीतको अडियो र भिडियो दुबै सशक्त छ ।

पुनम गौतमले निर्माण गरेको फिल्ममा सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले फिल्मको कथा लेखेका हुन् । फिल्मलाई संजय लामाले खिचेका हुन् ।

शुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरुको समेत यसमा अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो

 


  •  
  •  
  •